images
images

चन्द्रागिरी हिल्सले बोलायो साधारणसभा, यस वर्ष लाभांश नदिने


  • 380
    SHARES
  • २०८१ मंसिर ११ गते मंगलबार

    चन्द्रागिरी हिल्सले बोलायो साधारणसभा, यस वर्ष लाभांश नदिने

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने भएको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

    कम्पनीले लाभांश प्रस्ताव बिना नै पुस ३ गते, बुधबार, आफ्नो कार्यालय परिसरमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा दफा तथा नियम संशोधन गर्न अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।


    images
    images

    Logo