images
images

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा पुनः डा. महावीर पुन


  • 491
    SHARES
  • २०८१ कार्तिक १४ गते बुधबार

    नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा पुनः डा. महावीर पुन

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको छ ।

    यहि मिति २०८१ कात्र्तिक १२ गते नेपाल बैक लिमिटेड, प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र डा. महाविर पुनका बिच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिंङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे। 

    त्यसैगरी प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडरको रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए साथै डा. पुनले नेपाल बैंक छनौट गरेकाेमा उनीप्रति हार्दिक आभार समेत व्यक्त गरे ।

     


    images
    images

    Logo